धादिङ टी–२० फाइनलमा धुनीबेशी र गल्छी आमनेसामने

Avatar photo
Dhadingpost
बैशाख ८, २०८३

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशाल खेलमैदानमा जारी जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा धुनीबेशी नगरपालिका र गल्छी गाउँपालिका भिड्ने भएका छन् ।

आज सम्पन्न सेमिफाइनल खेलहरूमा गल्छी गाउँपालिकाले सिद्धलेक गाउँपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो भने अर्को खेलमा धुनीबेशी नगरपालिकाले आयोजक बेनीघाट रोराङ गाउँपालिकालाई हराउँदै उपाधि नजिक पुगेको हो ।

प्रतियोगिताको फाइनल खेल भोलि बैशाख ९ गते बिहान १० बजे हुने तय गरिएको छ। फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथिका रूपमा उपस्थित रहने धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दिपेश कडेंलले जानकारी दिएका छन् ।

जिल्ला स्तरीय यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू बागमती प्रदेशस्तरीय खेलकुद महोत्सवका लागि छनोट गरिनेछन्, जुन जेष्ठ महिनामा आयोजना हुने कार्यक्रम रहेको छ ।