धादिङ समाज बेल्जियमको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश दाहाल

Avatar photo
Dhadingpost
बैशाख १, २०८३

धादिङ । धादिङ समाज बेल्जियमको तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले रमेश दाहालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रमेश दाहाल चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा हरि सिंखडा रहेका छन् । उपाध्यक्षमा सपेन्द्र दाहाल र रमेश अधिकारी चयन भएका छन् । महासचिवको जिम्मेवारी तेज अर्यालले पाएका छन् भने सचिवमा कविता सिंखडा र रञ्जना न्यौपाने चयन भएका छन् । कोषाध्यक्षमा गोपाल तामाङ तथा सह–कोषाध्यक्षमा दिपक चन्द्र भट्ट रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा विशाल तिवारी, राजन दनै, भरत ढकाल, प्रेम गौली, प्रमिला दुवाडी, सरिता दाहाल, केदार खकुराल, शन्देश कोईराला, रुपा थापा र गजेन्द्र गुरुङ चयन भएका छन् ।

अधिवेशनमा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्साल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । साथै गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव अनुजा प्रधान, NRNA बेल्जियमका अध्यक्षद्वय कमल पन्थी र लोकेन्द्र नेपाल तथा पूर्व उपाध्यक्ष कासी दनैको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । नवगठित कार्यसमितिले आगामी दिनमा धादिङ्गे समुदायको हित, सहयोग र सांस्कृतिक पहिचान प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।