धादिङबेसीको क्रिक रिसोर्टमा आज साँझ नयाँ वर्ष विशेष सांस्कृतिक कार्यक्रम

Avatar photo
Dhadingpost
चैत्र ३०, २०८२

धादिङ ।
धादिङबेसीस्थित क्रिक रिसोर्टमा आज (चैत ३० गते) साँझ नयाँ वर्ष विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

रिसोर्टका प्रबन्ध निर्देशक गोविन्द भण्डारीका अनुसार कार्यक्रमका लागि कुनै प्रवेश शुल्क लाग्ने छैन। मनोरञ्जनका लागि अल्फा ब्याण्डले प्रस्तुति दिनेछ।

बेलुका ७ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सहभागी भई नयाँ वर्षको स्वागतलाई थप उत्साहपूर्ण बनाउन सबैलाई आग्रह गरिएको छ।