
धादिङ । धादिङमा व्यवसाय गर्दै आएका नीलकण्ठ नगरपालिका–८ का हेमराज श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन् ।
समितिको १४ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि मतदान भएको थियो भने अन्य पदहरूमा निर्विरोध चयन गरिएको थियो ।

अमर श्रेष्ठ नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका श्रेष्ठले ७३९ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राजु सत्यालले ५९३ मत प्राप्त गरेका थिए ।
निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष—तीनै पदमा अमर श्रेष्ठ समूहका उम्मेदवार विजयी भएका छन् । नव निर्वाचित कार्यसमितिले व्यवसायीहरूको हकहित संरक्षण र क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

