रुवीभ्याली–५ लापामा विपन्न चार परिवारलाई खाद्यान्न सहयोग

Avatar photo
Dhadingpost
फाल्गुन २९, २०८२

धादिङ । रुवीभ्याली गाउँपालिका–५ लापामा आर्थिक रूपमा कमजोर चार परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ। स्थानीय स्तरमा गरिएको सहयोगमार्फत ती परिवारलाई राहत उपलब्ध गराइएको हो।

स्थानीय युवा सुदिप तामाङको नेतृत्वमा तथा पाष्टर सन्तोष रामदनबाट प्राप्त आर्थिक सहयोगमार्फत आज चार परिवारलाई खाद्यान्न वितरण गरिएको हो । सहयोग अन्तर्गत प्रत्येक परिवारलाई एक–एक बोरा चामल र दुई किलो दाल प्रदान गरिएको जनाइएको छ ।

आर्थिक अभाव झेलिरहेका परिवारलाई लक्षित गरेर गरिएको यस सहयोगले स्थानीय स्तरमा केही राहत पुगेको सहभागीहरूले बताएका छन्। वितरण कार्यक्रममा घ्युब्राङ अनुग्रह मण्डलीका पा. कुन्ज तामाङ लगायत स्थानीयको सहभागिता रहेको थियो।

स्थानीय समुदायको सहकार्यमा गरिएको यस्तो सहयोगले विपन्न परिवारको दैनिकी सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

फोटोः सुदिप दोङ तामाङ