
धादिङ । धादिङ क्षेत्र नम्बर २ अन्तर्गत पाँच वटा पालिकाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ अग्रस्थानमा रहेका छन् ।
रुवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी र नेत्रावती डवजोङ गाउँपालिकाको मतगणना सकिँदा श्रेष्ठले १,४८५ मतान्तर सहित अग्रता कायम गरेका हुन् ।
हालसम्मको मतपरिणाम अनुसार घण्टी चिन्हका उम्मेदवार बोधनारायण श्रेष्ठले ९,८६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रुख चिन्हका उम्मेदवार रमेश प्रसाद धमला ले ८,३८२ मत प्राप्त गरेका छन् ।
त्यस्तै तारा चिन्हका उम्मेदवार रामबहादुर भण्डारी ले ५,६४६ मत प्राप्त गरेका छन् भने सूर्य चिन्हका उम्मेदवार धनबहादुर घले ले ५,४८० मत ल्याएका छन् ।
अब ज्वालामुखी गाउँपालिका र नीलकण्ठ नगरपालिका को मतगणना हुन बाँकी रहेको छ ।
धादिङ क्षेत्र नम्बर २ मा कुल ७३,०५१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
