धादिङमा ५८ प्रतिशत मतदान

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०८२

धादिङ । धादिङ जिल्लामा सम्पन्न निर्वाचनमा ५८ प्रतिशत मतदान भएको छ ।

उपलब्ध तथ्यांकअनुसार जिल्लामा कुल २ लाख ७५ हजार २८० मतदाता मध्ये १ लाख ५८ हजार ५३८ मत खसेको छ।

मतदान बिहान ७:०० बजे सुरु भई साँझ ५:०० बजे सम्पन्न भएको थियो। जिल्लाभरका मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य सहभागिता देखिएको थियो।

लैङ्गिक आधारमा हेर्दा महिलातर्फ ५७ प्रतिशत, पुरुषतर्फ ५८ प्रतिशत र अन्यतर्फ ५० प्रतिशत मतदान भएको जनाइएको छ।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धादिङमा करिब ६५ प्रतिशत मतदान भएको थियो भने त्यसअघिको निर्वाचनमा ५१ प्रतिशत मतदान भएको तथ्यांक रहेको छ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रशासन र निर्वाचन कार्यालयले जनाएको छ। अहिले जिल्लामा मतपेटिका संकलन गरी मतगणनाको तयारी भइरहेको छ।