धादिङ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएसँगै अब दल तथा उम्मेदवारको पक्षमा कुनै पनि प्रकारका प्रचार–प्रसार गर्न नपाइने भएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि लागू हुने यो अवधिलाई निर्वाचन कानुनले “स्थिर (मौन) समय” का रूपमा परिभाषित गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा सभा–सम्मेलन, छलफल, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, जुलुस लगायत कुनै पनि कार्यक्रम गर्न पाइँदैन । मत माग्ने वा प्रचार गर्ने सबै गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
के–के गर्न पाइँदैन ?
- उम्मेदवार वा दलको पक्ष/विपक्षमा प्रचार–प्रसार
- मत माग्ने, मत प्रभावित पार्ने अभिव्यक्ति
- जुलुस, सभा, नाचगान, भोजभतेर, हुलहुज्जत
- मतदानस्थल वरिपरि साउन्ड सिस्टम, होहल्ला
- मतदान केन्द्रमा खटिएका कर्मचारीलाई बाधा पुग्ने कार्य

यसैगरी प्रचार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले हटाउनुपर्नेछ ।
मौन अवधिमा आचारसंहिता उल्लंघन गरेमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार अधिकतम दुई लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । निर्वाचन प्रक्रियामा असर पर्ने गतिविधिमा संलग्न भए तत्काल कानुनी कारबाही गरिने जनाइएको छ ।
आगामी बिहीबार (२१ फागुन) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।