धुवाँकोट मानेमा भोलि सोनाम ल्होछार मनाइँदै

Avatar photo
Dhadingpost
माघ २८, २०८२

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४ अन्तर्गत धुवाँकोट माने भञ्ज्याङस्थित जनआवाज खेल मैदानमा भोलि माघ २९ गते सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ।

मञ्जुश्री सम्वत् २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।

यस वर्ष निर्वाचन आचारसंहिताका कारण अघिल्ला वर्षहरूमा आयोजना गर्दै आएको जनआवाज युवा क्लबको सट्टा माने ल्होछार समितिले कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति झल्किने लामा तथा झाँक्री नाच, घोडा नाच, चेमा नाच, लाली नाच तथा सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरिने आयोजकले जनाएको छ।

साथै, विशेष सांगीतिक आकर्षणका रूपमा चर्चित म्हेन्दोमाया गायिका सीता लामाकिर्ती तामाङको प्रस्तुति रहनेछ।

सांस्कृतिक पहिचान संरक्षण तथा नयाँ पुस्तामा परम्परा हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीयवासी तथा जिल्लावासीलाई व्यापक सहभागिताका लागि आयोजकले आग्रह गरेका छन्। फाईलः तस्वीर