
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत शिक्षकहरूका लागि मात्रै खुला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँ कार्यपालिकाको कार्यालय, विशालटार धादिङले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता यही फागुन १२ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ ।
“साहित्य र समाज” शीर्षकमा आयोजना गरिने उक्त प्रतियोगितामा गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको उद्देश्य शिक्षकहरूमा रहेको साहित्यिक प्रतिभालाई उजागर गर्नु र सिर्जनशीलता अभिवृद्धि गर्नु रहेको पालिका अध्यक्ष कृष्ण बहादुर थपलिय (विवेक)ले बताए ।
शिक्षा अधिकृत बोधराज पाठकका अनुसार प्रतियोगितामा सहभागी शिक्षकहरूले आफ्ना मौलिक, अप्रकाशित तथा अप्रस्तुत कविता पेश गर्नुपर्नेछ । कविता देश, राष्ट्र, प्राकृतिक सम्पदा, सामाजिक रूपान्तरण, स्थानीय संस्कृति तथा समसामयिक विषयसँग सम्बन्धित हुनुपर्ने छ ।
कविता ३० देखि ५० हरफसम्मको हुनुपर्नेछ भने नेपाली भाषामा टाइप गरी पठाउनुपर्नेछ । साथै सहभागीले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल ठेगाना, कार्यरत विद्यालय र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
कविता info.benighatorangmun@gmail.com वा bodharajpathak91@gmail.com इमेलमा माघ २१ गते कार्यालय समय भित्र पठाउन सकिनेछ । प्राप्त कवितामध्ये छनोट समितिले उत्कृष्ट ३० कविता माघ २८ गते चन्द्रोदय मावि विशालटारमा वाचन गर्न लगाई ति मध्यवाट पुरस्कृत गरिने
पुरस्कार स्वरूप प्रथम हुने कविलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ र सान्तोनालाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
