
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–विशालटार, धादिङमा आयोजना हुने गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहीद स्मृति कप, छेट्टे मदन भण्डारी स्मृति कप फुटबल तथा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता आज एक विशेष समारोहका बीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ।
पुस ३० गतेदेखि माघ ५ गतेसम्म सञ्चालन हुने बृहत् खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले खेलकुद विकासको आधार विद्यालय भएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तहले उत्पादनको स्रोत पहिचान गरी त्यसलाई राष्ट्रिय आयको स्रोतमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो।
भण्डारीले सामाजिक, स्वास्थ्य, शिक्षा, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा स्थानीय स्तरमै विकास भइरहेको भए पनि स्थानीय स्रोतको पहिचान र उत्पादनमा अझै जोड दिन नसकिएको उल्लेख गर्नुभयो।
पालिका अध्यक्ष कृष्णबहादुर थपलियको सभापतित्वमा भएको उक्त कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बेनीघाट रोराङ गाउँपालिका देशकै नमुना पालिकाका रूपमा स्थापित हुँदै गएको बताउनुभयो। उहाँले अघिल्लो र हालको स्थानीय सरकारका नमुना योग्य कामका कारण पालिका देशभर चर्चामा रहेको धारणा राख्नुभयो।
मुख्यमन्त्री जम्कट्टेलले शिक्षा, खेलकुद, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा बेनीघाट रोराङले चालेका कदमहरू प्रशंसनीय रहेको बताउनुभयो।
खेल तालिका
राष्ट्रपति रनिङ शिल्डका खेलहरू
- पुस ३० गतेदेखि माघ ३ गतेसम्म
क्रिकेट (छात्र)
- माघ ३ र ४ गते
फुटबल
- माघ ३ गते
शिक्षक विरुद्ध पालिका क्रिकेट
- माघ २ गते
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट चार विद्यालयलाई क्रमशः
२५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
त्यसैगरी, अध्यक्ष कप क्रिकेट प्रतियोगिता र मदन भण्डारी स्मृति फुटबल कप प्रतियोगिता का विजेता विद्यालयलाई नगद पुरस्कार, ट्रफी तथा सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
गत वर्ष क–कस्ले जितेका थिए

