गुम्दीमा पुस २७ देखि मनोज स्मृति कप भलिबल प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
पुस १७, २०८२

धादिङ । गंगाजमुना गाउँपालिका वडा नं. ४ तथा लिङ्क (घले) समाजको आयोजनामा मनोज स्मृति कप भलिबल प्रतियोगिता यही पुस २७ गतेदेखि सञ्चालन हुने भएको छ।

जिल्ला स्तरीय रूपमा आयोजना गरिने उक्त प्रतियोगितामा धादिङ जिल्लाभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। प्रतियोगिता गंगाजमुना गाउँपालिका–४ गुम्दीस्थित सातदोबाटो खेलमैदान, धादिङ मा आयोजना हुनेछ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

  • प्रथम पुरस्कार : नगद रु. ५५,०००
  • द्वितीय पुरस्कार : नगद रु. ४०,०००
  • तृतीय पुरस्कार : नगद रु. २५,०००
  • सान्त्वना पुरस्कार : नगद रु. १०,०००

साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट मिडल ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर विधामा समेत पुरस्कार प्रदान गरिने गौरव अधिकारीले जानकारी दिए

प्रतियोगिताको फाइनल खेल माघ १ गते ल्होसार विशेष सांस्कृतिक कार्यक्रमका बीच सम्पन्न गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले जिल्लामा भलिबल खेलको विकासमा टेवा पुग्नुका साथै स्वर्गीय मनोजको स्मृतिलाई सम्मान गर्ने उद्देश्य राखिएको छ।