धादिङ महिला भलिबलको दबदबा कायमै: ५ खेलाडी उत्कृष्ट घोषित

Avatar photo
नारायण सिलवाल
पुस १३, २०८२

धादिङ । धादिङबेसीमा पुस ९ गतेदेखि १२ गतेसम्म सम्पन्न बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि घरेलु टोली धादिङ ले जितेको छ। फाइनल खेलमा सिन्धुपाल्चोकलाई सोझो सेटमा पराजित गर्दै धादिङले प्रदेशमै आफ्नो भलिबल दबदबा पुनः प्रमाणित गरेको हो।

फाइनल खेलमा धादिङले
पहिलो सेट २५–१०,
दोस्रो सेट २५–६
तेस्रो सेट २५–७
को फराकिलो जित निकाल्दै २ लाख रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भयो।

धादिङले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त पाँ खेलाडी उत्कृष्ट हुँदा उपविजेता बनेको सिन्धुपाल्चोकले १ लाख रुपैयाँ र तेस्रो स्थान रामेछापले ५० हजार रुपैयाँ पुरस्कार जितेको छ।

५ खेलाडी बने प्रतियोगिताकै उत्कृष्ट

उपाधिसँगै धादिङका ५ जना खेलाडी विधागत उत्कृष्ट खेलाडी घोषित भएका छन् भने तेस्रो स्थान हासिल गरेको रामेछापकी एक खेलाडी बेस्ट सर्भर घोषित भइन्।

विधागत पुरस्कार विजेता खेलाडीहरू

  • बेस्ट स्पाइकर: सलिना गुरुङ (धादिङ)
  • बेस्ट डिफेन्डर: जमुना गुरुङ (धादिङ)
  • बेस्ट सेटर: भावना तामाङ (धादिङ)
  • बेस्ट ब्लकर: वाल्मिका आचार्य (धादिङ)
  • बेस्ट सर्भर: एलिसा श्रेष्ठ (रामेछाप)
  • उत्कृष्ट खेलाडी (MVP): रेविका तामाङ (धादिङ)

पहिलो पटक जिल्ला भलिबल संघद्वारा सफल आयोजना

जिल्ला भलिबल संघ धादिङले प्रदेश स्तरीय यति ठूलो प्रतियोगिता पहिलो पटक सफलतापूर्वक आयोजना गर्न सफल भएको छ। प्रतियोगिता आफ्नै जिल्लामा आयोजना गरी उपाधि समेत जित्न सकेकोमा संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले खुशी व्यक्त गर्दै आगामी वर्ष अझै व्यवस्थित र ठूला प्रतियोगिताहरू आयोजना गर्ने योजना रहेको बताए।

प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धादिङ महिला भलिबल टोलीले भविष्यमा पनि राष्ट्रिय स्तरमा थप सफलता दिलाउने अपेक्षा गरिएको छ।