एड्भान्स एकेडेमीका २३ जना तेक्वान्दो खेलाडी नुवाकोट प्रस्थान

Avatar photo
नारायण सिलवाल
मंसिर ११, २०८२

धादिङ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, पञ्चकन्या गाउँपालिका–२, नुवाकोटले भोलिदेखि आयोजना गर्न लागेको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन धादिङको एड्भान्स एकेडेमीका २३ जना खेलाडी नुवाकोट प्रस्थान गरेका छन्।

मंसिर १२ र १३ गते दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतिस्पर्धामा खेलाडीहरूले ग्येरोगी (Fight)पुम्से (Poomsae) दुवै विधामा प्रतिस्पर्धा गर्नेछन्।

आकर्षक पुरस्कार राशी

ग्येरोगी (Fight)

  • प्रथम : रु १,००,०००
  • द्वितीय : रु ५०,०००
  • तृतीय : रु २५,०००

पुम्से (Poomsae)

  • प्रथम : रु २०,०००
  • द्वितीय : रु १५,०००
  • तृतीय : रु १०,०००

एड्भान्स एकेडेमीले विगत पाँच वर्षदेखि तेक्वान्दोलाई विद्यालयको नियमित पाठ्यक्रममा समावेश गर्दै आएको छ।
विद्यालयका तेक्वान्दो प्रशिक्षक मरियम तामाङको नेतृत्वमा खेलाडी टोली पठाइएको विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले जानकारी दिए।