
धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–१, मार्पाकस्थित थलामा यस वर्ष पनि बृहत् साँस्कृतिक कार्यक्रमसहित पञ्चकन्यादेवी–सप्तकन्या महादेव मन्दिरमा हुने जात्रा आयोजना हुने भएको छ।
हरेक वर्षझैँ हुँदै आएको पुजा, झाँकी तथा जात्रालाई यस वर्ष अझ भव्य बनाइने थला गाउँ सेवा समाजका कोषाध्यक्ष अमर गुरुङले जानकारी दिए।
आगामी मंसिर १७ गते हुने सांस्कृतिक कार्यक्रममा लोकप्रिय राष्ट्रिय कलाकार निर्जला गुरुङ, सिताराम परियार, सन्जु लामा, साथै झाँक्री नर बहादुर तामाङको उपस्थितिमा आकर्षक प्रस्तुति रहनेछ।
जात्रामा सहभागिता जनाउन सम्पूर्ण महानुभावलाई विशेष निमन्त्रणासमेत गरिएको समाजका कोषाध्यक्ष गुरुङले जनाए।
