एमाले धादिङको सचिवालय बैठक सम्पन्न, तीन चरणको कार्यक्रम घोषणा

Avatar photo
Dhadingpost
कार्तिक १८, २०८२

धादिङ । नेकपा (एमाले) धादिङको सचिवालय बैठक सम्पन्न भएको छ। बैठकले पार्टी सुदृढीकरणका लागि तीन चरणमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकका अनुसार, आगामी कार्तिक २२ गते जिल्लाका १०४ वटै वडामा बैठक र भेला सम्पन्न गर्ने, २५ गते जिल्लाका १३ वटै स्थानीय तहमा जनसभा आयोजना गर्ने, र २९ गते जिल्ला सदरमुकाममा भव्य जनप्रदर्शन गर्ने निर्णय गरिएको छ।

बैठकले हाल समाजवादी पार्टीतर्फ गएका पुराना साथीसँग पनि नेकपा (एमाले) मा फर्किन आह्वान गरेको छ। “तपाईंहरूले आफ्नो रगत, पसिना र ऊर्जाशील समय खर्च गरेर निर्माण गर्नुभएको पार्टी नेकपा (एमाले) मा गर्वका साथ फर्कनुहोस्,” बैठकमा भनिएको छ।

बैठकले योग्यता, क्षमता र पुरानो योगदानको मूल्यांकन गर्दै, फर्किने साथीहरूलाई न्यायोचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ।

पार्टीले यस अभियानमार्फत संगठन सुदृढीकरण, एकता र जनसम्पर्क विस्तारलाई प्राथमिकता दिने बताएको छ।

जिल्ला अध्यक्ष भूमी त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा केन्द्रीय सदस्य खेम लाेहनीकाे प्रमुख अातित्थ्यता रहेकाे थियाे ।