
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ५ खरी स्थित त्रिपुरासुन्दरी माध्यामिक विद्यालयबाट एसईई दिएकी जेनिशा श्रेष्ठले रि-टोटलिङ (अङ्क पुनः जाँच) पछि एसईईमा ४ जीपीए ल्याएकी छिन् ।
पहिले विज्ञान विषयमा ‘ए’ भएकोले ३.९५ जीपीए मात्रै आएपछि जेनिशा उत्तरपुस्तिकाको अंकहरू फेरि जोड्न (जाँच गर्न होइन, केवल नम्बरहरू ठीकसँग जोडिएको छ कि छैन भनेर) माग गर्दै परिक्षा बोर्ड पुगेकी थिईन् । अङ्क पुनः जाँच गर्दा जेनिशले विज्ञान विषयमा ‘ए’ प्लस प्राप्त गर्दा समग्र ४ जीपीए हुन पुगेको हो ।
यो सँगै धादिङबाट एसईई २०८१ मा ४ जीपीए ल्याउनेको संख्या ९ पुगेको छ ।
धादिङबाट एसईई २०८१ मा ४ जीपीए ल्याउने विद्यार्थीहरु
- आयुष शर्मा, न्यू किबो बोर्डिङबाट
- समिर भण्डारी, न्यू किबो बोर्डिङबाट
- प्रिसिला तामाङ, चिल्ड्रेनपार्कबाट
- समृद्धि ढकाल, जनकल्याण माविबाट
- सौरभी वाग्ले, जनकल्याण माविबाट
- ईश्वर भण्डारी, गजुरी पिडा माविबाट
- सन्ध्या तिमल्सिना, नीलकण्ठ बालमन्दिरबाट
- प्रशंषा श्रेष्ठ, सुनौलो भैरवीबाट
- जेनिशा श्रेष्ठ, त्रिपुरासुन्दरी मावि खरी
