धादिङको त्रिपुरासुन्दरीले परिचयपत्र नविकरणको लागि काठमाडौं, चितवन र पोखरा शिविर संचालन गर्दै

Avatar photo
Dhadingpost
साउन ९, २०८२

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने पालिकाबासीलाई लक्षित गरी चितवन,पोखरा र काठमाडौ‌मा परिचयपत्र नविकरणको लागि शिविर संचालन गर्ने भएको छ ।

पालिकाका उप प्रमुख देवराज धरेलका अनुसार पालिकाले स्थायी ठेगाना भई जिल्ला बाहिर बस्दै आएका लाभग्राहीलाई लक्षित गरी काठमाडौंमा साउन ९ र १० गते, चितवनमा साउन १२ र १३ गते र पोखरामा साउन १५ र १६ गते परिचयपत्र नविकरण शिविर संचालन गर्न लागिएको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा ४(४) अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पुर्ण लाभग्राहीहरूले प्रत्येक वर्ष भदौ मसान्तभित्र परिचयपत्र नविकरण गरिसक्नुपर्ने र चालु आर्थिक वर्ष २०८२/८३ बाट अनिवार्य रुपमा वायोमेट्रिक प्रणालीमार्फत नविकरण गर्नुपर्ने व्यवस्था भएकोले वर्षादको समयमा लक्ष्यित व्यक्तिहरु पालिका आउन अफ्ठ्यो पर्न सक्ने आँकल गर्दै पालिका नै चितवन,पोखरा र काठमाडौ‌मा परिचय पत्र नविकरणका लागि पुग्ने गरि शिविर आयोजना गरिएको उनी बताउँछन् ।

कहाँ, कुन मितिमा सेवा सुचारु हुँदैछ ?
१. काठमाडौ : २०८२/०४/०९ र १० गते,
बिहान ०८:०० बजेदेखि साँझ ०५:०० बजेसम्म,
आन्तरिक राजश्व कार्यालय परिसर, कलंकी
२. चितवनः २०८२/०४/१२ र १३ गते,
बिहान ०८:०० बजेदेखि साँझ ०५:०० बजेसम्म,
रत्ननगर न.पा. वडा नम्बर. २ को कार्यालय परिसर, टाँडि
३. पोखराः २०८२/०४/१५ र १६ गते,
बिहान ०८:०० बजेदेखि साझ ०५:०० बजेसम्म,
पोखरा म.न.पा. वडा नम्बर. ९ को कार्यालय परिसर, न्युरोड