
धादिङ । धादिङ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाबाट धादिङ जिल्ला योग खेलकुद संघको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ चयन भएका छन् ।
भेलाबाट उपाध्यक्षमा जयन्ती रेग्मी र सन्दिपप्रसाद घिमिरे, सचिवमा रामकुमार श्रेष्ठ, सह-सचिवमा यमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा चित्रबहादुर श्रेष्ठ, सदस्यहरुमा कुमार बहादुर बुढाथोकी, पदमबहादुर तामाङ, हरिशंकर गिदेल,चमेली बगाले काप्री, बुद्धिबहादुर थापा, शंकर प्रसाद थपलिया र कमलादेवी श्रेष्ठ चयन भएका छन् ।
भेलामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि तामाङले धादिङमा अब योग खेलकुदाको विकास हुनेमा ढुक्क रहेको बताएका थिए । जिल्ला खेलकुद विकास समितिले सहयोग गर्छ तपाईहरुले योग खेलकुदलाई जिल्लामा अन्य विधाका खेलकुदहरुलाई जस्तै चलायमान बनाउन जोड दिएका थिए ।
केदारनाथ बस्ताकोटीको अध्यक्षमा भएको जिल्ला भेला कार्यक्रममा नेपाल योग खेलकुद संघ बागमती प्रदेशका महासचिव चुणामणि खरेल, ललितपुर जिल्ला अध्यक्ष डि. वि. श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
