एनआरएनए जापानको निर्वाचनमा धादिङका पाँच जनाको उम्मेद्वारी दर्ता

Avatar photo
Dhadingpost
साउन २, २०८२

धादिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको सन् २०२५–०२७ को नयाँ कार्यसमिति चयनका लागि १२ औं महाधिवेशन जुलाई २७ मा हुँदैछ ।

निर्वाचन तालिका अनुसार जुलाई १६ तारिख बुधबार सम्पन्न भएको उम्मेद्वारी दर्ता विवरण अनुसार धादिङ जिल्ला घरभई जापानमा रहेका पाँच जनाको उम्मेद्वारी परेको छ ।

जसमा नीलकण्ठका श्यामकुमार श्रेष्ठ (श्याम सितल) ले महासचिवमा उम्मेद्वारी दिएका छन् । सितल नागोया क्षेत्रिय समिती सचिब, संयोजक केद्रिय समिती सचिब भएर कुशल कार्य सम्पादन गरि गत निर्वाचनमा महासचिबको प्रत्यासी समेत थिए ।
यस्तै सचिवमा धुनीबेसीका दिनेश लोहनीले उम्मेद्वारी दर्ता गराएका छन् । उनी गत निर्वाचनमा अध्यक्ष सहित धादिङका चार उम्मेद्वार मध्य  केन्द्रिय सदस्यमा जित्ने एक्ला उम्मेद्वार थिए ।

त्यसैगरी महिला सदस्य पदमा नीलकण्ठ १० की इश्वरी अर्यालले उम्मेद्वारी दर्ता गराएकी छिन् उनको पदमा अन्य उम्मेद्वारी परेको छैन । नीलकण्ठ कै मंगल बहादुर सुनार (मंगल धावक) ले सदस्य पदमा उम्मेद्वारी दिएका छन् । भने आईसीसी सदस्यमा गंगाजमुना निवासी राजकुमार अधिकारीले उम्मेद्वारी दिएका छन् ।