
धादिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको १२ औं महाधिवेशन जुलाई २७ मा सम्पन्न हुने कार्यक्रम अनुसार चुनावी माहोल तातिरहेको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारी दर्ता जुलाई १६ मा हुने भएपनि अहिले आकांक्षीहरुले आफ्नो उम्मेद्वारी घोषणा गरि भोट माग्ने कामलाई तिब्रता दिईरहेका छन् ।
सन् २०२५–२०२७ का लागि कार्यसमिति गठन गर्न हुने यस निर्वाचनमा धादिङबाट श्यामकुमार श्रेष्ठ (श्याम सितल) ले महासचिवमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका छन् भने सचिव पदमा धादिङ कै दिनेश लोहनीले उम्मेद्वारीको घोषणा गरेका छन् ।
बिगत लामो समय देखि जापानमा रहँदै आएका श्याम सितल नागोया क्षेत्रिय समिती सचिब, संयोजक केद्रिय समिती सचिब भएर कुशल कार्य सम्पादन गरि गत निर्वाचनमा महासचिबको प्रत्यासी समेत थिए । यस्तै गत निर्वाचनमा अध्यक्ष सहित धादिङका चार उम्मेद्वार मध्य धुनीबेसी नगरपालिका घर भई जापानमा व्यवसाय गर्दै आएका दिनेश लोहनी केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

