
धादिङ । नेकपा (एमाले) पार्टी को जन संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा धादिङ बेनीघाट रोराङका महान त्यागी प्रथम भएका छन् ।
उक्त प्रतियोगितामा निकेश गिरी पोखरा द्वितीय, रोशन लामिछाने पोखरा तृतीय र रमा खतिवडा पोखरा सान्तोना भएका थिए ।
विजेता प्रथमलाई नगद ११ हजार १११, द्वितीयलाई ८ हजार ८८८, तृतीयलाई ६ हजार ६६६ र सान्तोनालाई ४ हजार ४४४ प्रदान गरिएको अध्यक्ष शंकर विरहीले धादिङपोष्टलाई बताए ।
