
धादिङ । लायन्स क्लब अफ आबु खैरेनीको सक्रियता र लायन्स क्लब अफ गौरीशंकर काठमाडौँको विशेष स्पोन्सरमा आयोजित लायन्स क्लब अफ बेनिघाट रोराङको चार्टर ह्यान्डओभर कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम लायन्स डिस्ट्रिक्ट 325 L का गभर्नर सुमन भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गभर्नर भट्टको हातबाट क्लबका अध्यक्ष कुमार जमकटेल सहित सम्पूर्ण सदस्यहरूलाई चार्टर पिन र सर्टिफिकेट प्रदान गरिएको दिपेश कडेलले बताए ।
कार्यक्रमलाई तीन चरण ओरिएन्टेसन, चार्टर ह्यान्डओभर र इलेक्सन गरेर विधिवत रूपमा सम्पन्न गरिएको थियो ।
लायन्स क्लब विश्वका २०० भन्दा बढी देशहरूमा सक्रिय गैर-राजनीतिक, गैर-नाफामूलक सेवा संस्था हो, जसले स्वास्थ्य, शिक्षा, वातावरण, युवा सशक्तीकरण लगायतका विविध सामाजिक क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

