मातातीर्थ औंसी कहिले देखि मनाउन थालिएको थियो ?

Avatar photo
Dhadingpost
बैशाख १४, २०८२

काठमाडौं । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ ।

“आमाको मुख हेर्ने दिन” अर्थात् मातातीर्थ औंसी को चलन नेपालमा धेरै पुरानो समयदेखि चल्दै आएको हो, तर यसको ठ्याक्कै सुरु भएको समय कति वर्षदेखि हो भन्नेबारेमा ऐतिहासिक अभिलेखमा नभेटिए पनि धार्मिक मान्यताअनुसार, यो परम्परा वैदिक काल देखि नै सुरु भएको मानिन्छ ।

नेपालमा यो चाड विशेषगरी मल्लकाल (१२-१८औं शताब्दी) तिर अझ व्यवस्थित रूपमा मनाउन थालिएको विश्वास गरिन्छ। मल्लकालमा धार्मिक तथा सांस्कृतिक पर्वहरूलाई राज्यस्तरमा संरक्षण दिइन्थ्यो, त्यसैले त्यसबेला देखिनै आमाको मुख हेर्ने चलन धेरै प्रचारित भएको अनुमान गरिन्छ ।