
बेल्जियम । धादिङ समाज बेल्जियमले बेल्जियमका पर्यटकीय क्षेत्र दिनान्ट (Dinant) र नामुर (Namur) मा विशेष सांगीतिकसहितको एकदिने भ्रमण कार्यक्रम आयोजना गर्ने भएको छ ।
समाजले अगस्ट १७, २०२६ सोमबार आयोजना गर्न लागेको कार्यक्रममा बेल्जियममा रहेका धादिङेली तथा नेपाली समुदायको सहभागिता रहने जनाइएको छ ।
भ्रमणका क्रममा सहभागीहरूले आरामदायी बस यात्रा, नामुर केबल कार र दिनान्टमा डुंगा यात्रा गर्नेछन् । भ्रमणसँगै सांगीतिक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ लोकगायक जेबी ओलीको विशेष सांगीतिक प्रस्तुति रहनेछ । भ्रमण, मनोरञ्जन र सांगीतिक कार्यक्रममार्फत प्रवासमा रहेका धादिङेलीबीच भेटघाट तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
धादिङ समाज बेल्जियमका अध्यक्ष रमेश दाहाल र महासचिव तेज अर्याल का अनुसार बेल्जियमको दिनान्ट र नामुर पर्यटकीय दृष्टिले आकर्षक क्षेत्र भएकाले भ्रमणमा सहभागी हुनेहरूका लागि प्राकृतिक सौन्दर्यसँगै मनोरञ्जन र सांस्कृतिक कार्यक्रमको अनुभवसमेत हुने छ ।
कार्यक्रममा सहभागी हुन तथा थप जानकारीका लागि ०४८८ ३९६ ५१३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
कार्यक्रमका मुख्य विवरण
मिति: १७ अगस्ट २०२६, सोमबार
स्थान: दिनान्ट र नामुर, बेल्जियम
मुख्य आकर्षण: नामुर केबल कार, दिनान्ट डुंगा यात्रा, बस यात्रा तथा सांगीतिक प्रस्तुति
विशेष सांगीतिक प्रस्तुति: वरिष्ठ लोकगायक जेबी ओली
आयोजक: धादिङ समाज बेल्जियम
