धादिङ सेवा समाज कतारले बृहत साँस्कृतिक कार्यक्रम गर्ने

Avatar photo
Dhadingpost
फाल्गुन ४, २०८१

धादिङ । धादिङ सेवा समाज कतारले धादिङ बेनिघाट गाउँपालिका रोराङ मा बसोबास गर्दै आइरहेको अति विपन्न चेपाङ समुदायू सहयोगार्थ स्वरुप बृहत साँस्कृतिक नयाँ बर्ष धमाका २०८२ आयोजना गर्ने भएको छ ।

चैत २९ गते अर्थात ११ अप्रील, २०२५, शुक्रवारका दिन पियरलिङ सिजनल स्कुल मन्सूरा दोहामा हुने उक्त नयाँ वर्ष २०८२ विशेष साँस्कृतिक कार्यक्रममा चर्चित लोक गायक मिलन लामालाई निमन्त्रणा गरिएको महासचिव रामहरी श्रेष्ठले धादिङपोष्टलाई बताए ।

अध्यक्ष आयुष घलेले कतारमा स्थापित वैचारिक तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, बुद्धिजिवी, सामाजिक अभियन्ता, कतारमा रहेका नेपालीलाई उक्त सहयोगार्थ कार्यक्रम भव्य र सभ्य रूपमा सफल पार्नको लागि सहयोग गर्न अनुरोध गरेका छन् ।