धादिङ सेवा समाज कतारको आज अधिवेशन हुँदै

Avatar photo
Dhadingpost
भदौ २१, २०८१

धादिङ । धादिङ सेवा समाज कतारको सातौं अधिवेशन आज बिहान ११ बजेदेखि कतार स्थित ग्राण्डमलमा रहेको रेडचिल्लिमा हुँदैछ । सन् २००१ मा गठन गरिएको यस समाज समाजको सन् २००७ मा नाम परिवर्तन गर्दै धादिङ युवा समूह नामकरण गरी दुई कार्यकाल अधिवेशन सम्पन्न गरे पनि करिब १४ वर्षदेखि गुमगाम जस्तै थियो ।

धादिङ सेवा समाज कतारलाई गति दिन २१ मार्च २०२४ मा कतारमा रहेका धादिङेहरुको मुन्ताजा पार्कमा बसेको बैठकले धादिङ सेवा समाजलाई पुनः सुचारु तथा क्रियाशील गर्ने लक्ष्यसहित सोमनाथ कँडेलको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो ।

बीचमा साथीहरुले नाम परिवर्तन गरे अब अधिवेशनले संस्थाको नाम धादिङ सेवा समाज कतार नै राख्ने छ तदर्थ समितिका सचिव आयुष घलेले बताए ।

रोजगरीको सिलसिलामा कतारमा २०० भन्दा बढी धादिङ्गेहरु रहेको अनुमान गरिएको छ । धादिङ्गेहरुको साझा फोरमको रुपमा हेरिएको यस संस्थाले लोकदोहोरी गायिकाद्धय अस्मिता डल्लाकोटी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष समेत रहेकी लोक तथा दोहोरी गायिका रिता थापा मगरलाई सम्मान गरेको थियो ।