एजेन्सी जेष्ठ १७ । नेपाल र लाओस बीच आइतबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा गोल नभएतापनि दोस्रो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा आफुभन्दा फिफा वरियतामा माथि रहेको टोलीलाई हराउने मौका नेपालले गुमाउँदै बराबरीमा सकिएको हो ।
फिफा वरियतामा नेपाल १ सय ८० औं र लाओस त्यो भन्दा चार स्थानमाथि १ सय ७६ औं स्थानमा छ । ७७ औं मिनेटमा मिडफिल्डर विशाल राईले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि नेपालले अग्रता लिएको थियो । तर, त्यसलाई नेपालले दुई मिनेटपछि जोगाउन सकेन । ७९ औं मिनेटमा कर्नरबाट आएको बलमा घरेलु टोली बराबरी गोल फर्काएको थियो ।
