एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चको तीज विशेष कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
भदौ १६, २०८१

काठमाडौं । नेकपा (एमाले) धादिङ-काठमाडौं सम्पर्क मञ्चको महिला भेला तथा तीज विशेष कार्यक्रम, एमाले केन्द्रीय कमिटी सचिव तथा पूर्व भुमि व्यवस्था सहकारी तथा कृषि मन्त्री पद्मा अर्यालको प्रमुख आतिथ्यता र मञ्चकी उप सचिव तथा महिला विभाग प्रमुख प्रतिमा सिल्वालको अध्यक्षतामा लेखनाथ साहित्य सदन सोर्हखुट्टेमा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पद्मा अर्यालले हरितालिका तीज २०८१ को शुभकामना दिँदैं तीज भड्किलो, महङ्गो र तडकभडक तिर जान खोजेको भन्दै चिन्ता व्यक्त गरेकी थिईन् । परम्परागत र हाम्रो मौलिक संस्कृतिकलाई जोगाउन उनले आग्रह गरेकी छिन्।

नीतु बुढाथोकीका अनुसार कार्यक्रममा संविधान सभा सदस्य धन बहादुर घले, सम्पर्क समन्वय कमिटी सदस्य उत्तम पाठक, सम्पर्ककि नेतृ मेनुका दुवाडी, जिल्का कमिटी धादिङकि उप सचिव उर्मिला रेग्मी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम औपचारिक र नाँच गान सहित दुई चरणमा सम्पन्न भएको थियो र धादिङ बाट काठमाडौं बस्नु हुने करिव दुई सय जना अग्रज महिलाहरूको उपस्थिति रहेको थियो ।