आवाशिय मोडलमा नलगि विद्यालय चल्न सक्दैन -मुख्यमन्त्री जम्कट्टेल

Avatar photo
Dhadingpost
माघ १६, २०८०

धादिङ । बागमती प्रदेश सरकाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विद्यालयलाई आवशिय मोडलमा नलगिए चल्न नसक्ने निकर्ष सहित प्रदेश सरकारले तयारी गरेको बताएका छन् ।

राष्ट्रिय मावि खोरभञ्याङ बेनीघाट रोराङको ६६ औ बार्सिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्न पुगेका मुख्यमन्त्री उक्त भनाई राख्दै बेनीघाट रोराङले अहिले सात वटा विद्यालयलाई आवाशिय बनाउन लगेकोमा बधाई समेत दिए ।

अहिले शिक्षकहरु नपाएर विद्यालयहरु बन्द हुने अवस्था तिर जाँदै छ । केहि वर्ष अघि सम्म शिक्षकमा जागिर खाना तँछाड मछाड हुन्थ्यो तर अहिले जागिर खाने मान्छे छैन । गाउँमा मात्रै हैन अहिले शहरमा पनि शिक्षकहरुको अभाव छ । ६०–७० हजार तलव खाने शिक्षकहरु लाखौं खर्च गरेर अवैधानिक ढंगले विदेश गहिरहेका छन् । यसलाई निरुत्साहित गर्दै शिक्षण पेशामा लाग्न प्रेरणदायी नीति प्रदेश सरकारले अघि सारेको समेत उनले दावी गरेका छन् ।

उक्त कार्यक्रममा प्रदेश ससांसद मायादेवि शर्मा, पालिकाका पूर्व अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि), बेनिघाट रोराङ गाउँ पालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, गाउ शिक्षा अधिकारी बोधराज पाठक, बिधालय सस्थापक प्रतिनिधि जगन्नाथ अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।