संचारमाध्यम जनमुखी बन्नुपर्छ -संगिता भट्टराई

Avatar photo
Dhadingpost
मंसिर १२, २०८०

धादिङ । माओवादी केन्द्र बागमती प्रदेशको कोषाध्यक्ष संगिता भट्टराईले संचार माध्यमबाट प्रसारित/प्रकाशित सामाग्री जनमुखी बन्नुपर्ने बताएकी छिन् । धादिङबेसीमा आयोजित रेडियो बिहानीको वार्षिक उत्सव कार्यक्रमको प्रमुख अथिति भट्टराईले शुभकामना मन्तव्य राख्दै संचार माध्यम जनमुखि बन्नुपर्ने बताएकी हुन् ।

जनतालाई भ्रमित पार्ने गतिविधि, राष्ट्रियतालाई कमजोर पार्ने गतिविधिहरु प्रति नेपाली मिडिया चनाखो बन्न सक्नु पर्ने बताउँदै उनले जनतामा भ्रमित पार्ने सामाग्री प्रसारण तथा प्रकाशन गर्न नहुने बताएकी थिईन् ।

कार्यक्रममा माओवादी केन्द्र धादिङका संयोजक एवम् रेडियो बिहानी संचालन गरिरहेको सहिद स्मृति संचार सहकारीका अध्यक्ष मनराज भण्डारीले सहिदको रगत जोडिएको रेडियो बिहानी १५ औं वर्ष प्रवेस गरेको अवसरमा सेयर धनी, विज्ञापनदाता, स्रोतालाई शुभकामना दिएका थिए ।