गल्छी क्रिकेट विकास समितिको अध्यक्षमा पंकज नेपाल चयन

Avatar photo
Dhadingpost
अशोज २७, २०८०

धादिङ । धादिङको गल्छी गाउँपालिका स्तरीय क्रिकेट विकास समितिको अध्यक्षमा पंकज नेपाल चयन भएका छन् ।

पालिका स्तरीय क्रिकेटलाई प्रवद्धन गर्न सहयोग पुर्याउन जिल्ला विभिन्न पालिकाहरुमा क्रिकेट विकास समिगि गठन अभियान अन्तरगत केहि दिन पहिला थाँक्रे क्रिकेट विकास समिगि गठन भएको थियो भने आज भएको गल्छी भेलाले पंकज नेपाल अध्यक्ष रहने गरी ९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

भेलाबाट समितिको उपाध्यक्षमा विपिन पाण्डे, सचिवमा प्रविण खतिवडा, सह सचिवमा सुदिप ढकाल, कोषाध्यक्षमा शुभाष श्रेष्ठ, सदस्यहरुमा प्रेशल श्रेष्ठ, जयराम अधिकारी, सुरज खतिवडा र कुशल केसी चयन भएका छन् ।