धादिङ समाज मकाउको संयोजकमा नवराज लम्साल

Avatar photo
Dhadingpost
अशोज २०, २०८०

अन्तर्राष्ट्रिय धादिङ समाजले बिभिन्न देशमा गरिरहेको धादिङ समाज बिस्तारको क्रममा समाज सेवी नवराज लम्साल धादिङ समाज राष्ट्रिय समन्वय परिषद मकाउको संयोजक पदमा चुनिएका छन् । स्थाई घर निलकन्ठ नगरपालिका वडा न- ९ भएका
समाज सेवी लम्साल बिगत ११ बर्ष देखि मकाउ लाई कर्म थलो बनाउदै आएका छन् ।

उनले कोभिड को महामारी, विभिन्न स्वास्थ्य क्याम्प र नेपाल मा गएको विनाशकारी भुकम्पको समयमा अन्तर्राष्ट्रिय धादिङ समाज मार्फत विभिन्न समयमा आर्थिक सहयोग समेत गरेका थिए । अन्तर्राष्ट्रिय धादिङ समाज को मुख्य उदेश्यहरु मध्य संसार भर छरियर रहेका धदिन्गेलीहरुलाई एउटै साझा ठाउमा ल्याउने पनि एक हो ।

”जहाँ धदिन्गेली त्यहाँ धादिङ” मूल नारा रहेको सस्थाले धादिङ समाज राष्ट्रिय समन्वय परिषद बिस्तार लाई तिब्र पारेको छ ।