धादिङबाट आठ जना तेक्वान्दो खेल्न जल्पाईगुरी जाँदै

Avatar photo
Dhadingpost
भदौ ७, २०८०

धादिङ । नेपाल तेक्वान्दो संघमा आवद्ध रहेका मलेखु तेक्वान्दो डोजाङ र पाविल हिमाल तेक्वान्दो डोजाङबाट आठ जना खेलाडीहरु तेक्वान्दो खेल्न भारतको जल्पाईगुरी जाने भएका छन् ।

नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीका अनुसार संघ अगष्ट २६ र २७ तारिक भारतमा हुन लागेको प्रथम जल्पाईगुरी तेक्वान्दो च्याम्पेन्सिपका लागि महिला २७–२९ केजी तर्फ स्मृति श्रेष्ठ, २९–३२ केजी तर्फ आकृति लामा, पुरुष २७–२९ केजी तर्फ सफल भण्डारी, ३३–३७ केजी तर्फ जस्विन थापा मगर, ३७–४१ केजी तर्फ आभाष श्रेष्ठ, ४१–४५ केजी तर्फ रोशन मगर, ४५–४९ केजी तर्फ प्रशान्त तामाङ रहेका छन् ।