राष्ट्रपति चुनावमा राप्रपाले भोट नहाल्ने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २४, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको छ । आज सम्पन्न बैठकले राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो ।

राप्रपाको २२१० मतभार थियो । वर्तमान सत्ता गठबन्धन भन्दा बाहिर रहेको र एमालेसँग नजिक रहेको राप्रपाको यस्तो निर्णयले एमालेका उम्मेदवार नेम्वाङलाई थप अप्ठ्यारो पारेको छ । एमालेले राप्रपाले आफना उम्मेदवारलाई मतदान गर्ने अपेक्षा गरेको थियो ।

राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।