
धादिङ । नीलकण्ठ माध्यामिक विद्यालयले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने गरि नीलकण्ठ नगरपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता गर्ने भएको छ ।
नीलकण्ठ माध्यामिक विद्यालयले पूर्व अध्यक्ष भिमसेनकुमार श्रेष्ठको स्मृतिमा फागुन ७ गते देखि नीलकण्ठ नगरपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता गर्न लागेको हो । कक्षा १२ सम्म अध्ययनरत जुनसुकै उमेर समुहका विद्यार्थीले भाग लिन पाउने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, दोस्रो पुरस्कार २० हजार र तृतिय पुरस्कार १३ हजार रहने बताईएको छ ।
नीलकण्ठ माध्यामिक विद्यालयले प्रतियोगितामा भाग लिन इच्छुक नीलकण्ठ नगरपालिका भित्रका माध्यामिक विद्यालयहरुलाई फागुन ५ गते सम्म टिम दर्ता गराउन सूचना समेत जारी गरि सकेको शिक्षक उत्तम भट्टले धादिङपोष्टलाई बताए । नीलकण्ठ माध्यामिक विद्यालय केहि दिन अघि सम्पन्न नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजयी बनेको विद्यालय हो । फाईल तस्वीर

