नीलकण्ठ मावि १७ स्वर्ण सहित प्रथम

Avatar photo
Dhadingpost
सोमवार, माघ १६, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १७ स्वर्ण सहित नीलकण्ठ माविले जितेको छ । शुक्रबारबाट सुरुभएको यस प्रतियोगितामा ७ स्वर्ण सहित बालमन्दिर दोस्रो, चन्डेश्वरी र एड्भान्स एकेडेमीले ५-५ स्वर्ण पदक जिते ।

२७ सरकारी र ५ निजी गरी ३२ माध्यामिक विद्यालय रहेको यस नगरपालिकाका २१ वटा माविहरुले भाग लिएका थिए । विजेता विद्यालय र विद्यार्थीहरुलाई आईतबार एक विशेष समारोहका बीच पुरस्कृत गरिएको थियो । छात्र भलिबलमा नीलकण्ठ र छात्रा भलिबलमा प्रकाश मावि प्रथम भए भने कबड्डी छात्र र छात्रा दुबैमा बालमन्दिरले जित्न सफल रह्यो ।

पुरस्कार वितरण तथा खेल समापन समारोहका प्रमुख अतिथि दिपक विश्वकर्माले खेल व्यक्तिगत स्वास्थ्य सँगै राष्ट्रियता सँग जोडिएकोले खेल क्षेत्रको विकासको लागि नीलकण्ठ नगरपालिकाले महत्वका साथ हेरेको बताएका थिए ।