त्रिपुरासुन्दरीमा घरदैलो माटो परिक्षण घुम्ती सेवा सुरु

Avatar photo
Dhadingpost
बिहिबार, माघ ५, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका धादिङले माटो सुहाउँदो कृषिका लागि भन्ने अभियान अन्तरगत बुधबारबाट माटोपरिक्षण सुरुगरेको छ । गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार माटो सुहाउँदो कृषि उत्पादनका लागि कृषियोग्य जमिनको माटो परिक्षण प्रत्यक वडामा गरिेछ ।

सबै वडाको कृषियोग्य जमिनको माटो परिक्षण गराएर माटो सुहाउँदो कृषि खेति मार्फत कृषि उत्पादनलाई बढवा दिने स्थानीय सरकारको नीति बमोजिम नेपाल सरकारको मान्यता प्राप्त माटो परिक्षण उद्योग मार्फत पालिकाको सबै वडाहरूमा परिक्षण गर्ने प्रयोगशाला प्राबिधिक सहित दिगो माटो व्यबस्थापनको लागि घरदैलो माटो परिक्षण ल्याब घुम्ती सेवा संचालन सुरुभएको पालिका उपाध्यक्ष देवराज धरेलले बताए ।

घट्यो सल्यानटारको माटोको उर्वराशक्ति
सल्यानटार सानाकिसान कृषि सहकारी संस्थाले आज गराएको माटो परीक्षणमा माटोको उर्वराशक्ति ह्रास हुँदै गएको पत्ता लागेको माटो विज्ञ विष्णु चापागाईं जानकारी दिए । पहाडी क्षेत्रमा खेतियोग्य माटोको पि एच मान ८ हुनुपर्नेमा सल्यानटारको पि एच मान सरदर ४.५ देखिएको पनि माटो विज्ञ चापागाईले बताए ।