धादिङमा माओवादी केन्द्र निकट ५ पेशागत संगठनको अधिवेशन सम्पन्न

Avatar photo
Dhadingpost
पुस २३, २०७९

धादिङ । धादिङबेसीमा सम्पन्न भएको अधिवेशनबाट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती धादिङको अध्यक्षमा कृष्ण कुमार श्रेष्ठ चयन भएका छन् ।

साताैं जिल्ला अधिवेशनले आज श्रेष्ठ अध्यक्ष रहने गरि
११ सदस्यीय कार्यसमति चयन गरेकाे हाे । अधिवेशनले , केन्द्रीय प्रतिनिधिमा निर्मला केसी, प्रदेश प्रतिनिधिमा रमेश गदाललाई चयन गरेकाे छ ।

यस्तै आजै सम्पन्न भएकाे जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमटेडको अधिवेशनले अध्यक्षमा विष्णु प्रसाद रिजाल चयन गरेकाे छ । अधिवेशनले रिजालकाे अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति र निर्मला केसीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेकाे विक्रम विकले बताए ।

आजै सम्पन्न प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपाल नेपाल धादिङको अधिवेशनले अध्यक्षमा डा. रामचन्द्र रिजाल चयन गरेकाे छ भने अधिवेशनले रिजाल अध्यक्ष रहने गरि ५३ सदस्यीय कार्यसमति गठन गरेको छ ।अधिवेशनले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेकाे छ जसमा डा. माधव लम्साल, डा.मधुकर दाहाल, विष्णु प्रसाद रिजाल, याम बहादुर श्रेष्ठ, डा.दिनेश रेग्मी रहेका छन् ।

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन धादिङको अधिवेशन पनि अाजै सम्पन्न भएकाे छ । अधिवेशनले अ ब्रजेश तामाङ अध्यक्ष रहने गरि १२ सदस्यीय कार्यसमिति बनाएकाे छ भने २ सदस्यीय सल्लाहकार समितिमा विष्णु प्रसाद रिजाल र याम बहादुर श्रेष्ठ रहेका छन् । यस्तै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन स्वायत्त धादिङको अध्यक्षमा रञ्जु ढुङ्गाना रहेकाे ९ सदस्यीय समिति गठन गरेकाे छ ।

यी सबै अधिवेशनकाे प्रमुख अतिथि जिउँदो सहिद भनेर चिनिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारी रहेका थिए भने विशेष अतिथिमा माओवादी केन्द्र धादिङका संयाेजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका उप मेयर दीपक विश्वकर्मा, वरिष्ठ स्वास्थ्य प्रशासक डा.माधव लम्साल, शम्भु श्रेष्ठ लगायत थिए ।