राष्ट्रपति रनिङ शिल्डको लागि माघ मसान्त सम्म जिल्ला छनौट हुने

Avatar photo
Dhadingpost
पुस २०, २०७९

धादिङ । बागमती प्रदेश सरकारको प्रदेश खेलकुद विकास परिषदले माघ मसान्त भित्र राष्ट्रपति रनिङ शिल्ड २०७९ को जिल्ला छनोट गरि सक्न परिपत्र गरेको छ ।

जिल्ला खेलकुद विकास समितिहरुलाई परिपत्र गर्दै राष्ट्रपति रनिङ शिल्ड २०७९ लाई उत्सवका रुपमा मनाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचाल निर्देशिका (संशोधन सहित) २०७० अनुसार स्थानीय तह सँग समन्वय गरि माघ मसान्त सम्म जिल्ला छनौट सम्पन्न गर्न आव्हान गरेको हो ।

यो उत्सवमा सबै विद्यालयहरुको सभागिताका लागि जिल्लाका सम्पूर्ण सामुदायीक तथा संस्थागत विद्यालयहरुमा पत्रचार, सामुदायीक तथा संस्थागत विद्यालयका संगठितसंरचनाहरु प्याब्सन/एनप्याब्सन सँग वैठक छलफल गरी आवश्यक तयारी गर्ने र सक्पूर्ण विद्यालयहरुले खेल उत्सवको रुपमा मनाउने गरि विद्यालय र स्थानी तह बीच प्रभावकारी समन्वय गर्न समेत जिल्ला समितिहरुलाई निर्देशन गरेको छ ।

प्रदेश परिषदको परिपत्र आएको छ उक्त परिपत्र सहित हामी स्थानीय तहलाई पत्रचार गर्छौ । स्थानीय तहमा नयाँ जनप्रतिनीधि हुनुहुन्छ विगतमा भन्दा थप उत्साहका साथ जिल्ला छनोट हुनेमा आफु ढुक्क रहेको धादिङका अध्यक्ष प्रतापसिंह तामाङले धादिङपोष्टलाई बताए ।

माध्यामिक विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थी खेलाडीहरु सहभागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेष्टिक, कराँते, तेक्वान्दो, उसु, भलिबल र कबड्डी खेलहरु समावेश छन् ।