धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा राजु निर्वाचित

Avatar photo
Dhadingpost
पुस १०, २०७९

पोखरा । धादिङ(पोखरा सम्पर्क समाजको २४औं साधारणसभा तथा १२औं अधिवेशनले अध्यक्षमा रामप्रसाद पाण्डे ९राजु० निर्वाचित गरेको छ ।

शनिबार सम्पन्न उक्त अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सरस्वती श्रेष्ठ सरु, उपाध्यक्षमा तेजबहादुर नेपाली, महासचिवमा हरि पन्त, सचिवमा दिनेश तुलाधर, कोषाध्यक्षमा सुरेन्द्र विक, सहकोषाध्यक्षमा भगवती खतिवडा र सदस्यहरुमा रञ्जन अधिकारी, रमेश तिमिल्सिना, बुद्धराज बस्याल, राजन श्रेष्ठ, रामहरि भट्ट, सरोज श्रेष्ठ, नारायण लम्साल र युनिक बानियालाई चयन गरेको छ ।

कार्यक्रममा समाजका पूर्व अध्यक्षहरू कृष्णबहादुर लम्साल, नवराज दुवाडी, कृष्णकुमार श्रेष्ठ, युवराज खतिवडा, सल्लाहकार सुदर्शन बसौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले स्वागत, महासचिव सरस्वती श्रेष्ठ सरु र सचिव दिनेश लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए ।