जिसस धादिङको वेब साईटमा गलत सूचना

Avatar photo
Dhadingpost
मंसिर २८, २०७९

धादिङ । स्थानीय तहको निर्वाचन पछि जेठ २९ गते अर्थात आठ महिना पहिले जिल्ला समन्वय समिति धादिङले नयाँ कार्य समिति पाएको हो । माओवादी केन्द्रका नवराज अधिकारी प्रमुख, एकीकृत समाजवादीबाट कुलमान विश्वकर्मा र कांग्रेसमाबाट ७ जना सदस्यहरु सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसी जिल्ला समन्वयमा निर्वाचित भएका थिए ।

जिल्ला समन्वय समिति धादिङले जिल्लाको स्थानीय तह सँग समन्वय गर्ने काम त छँदैछ, त्यसमा पनि जिल्ला समन्वयबाट भए गरेका कामहरु आम नागरिकलाई जानकारी गराउने हेतुले संचालनमा रहेको आधिकारी वेब पेजको कुरा यहाँ हामी जोड्न चाहान्छौं ।

हरेक घरका नागरिकहरु कति शभ्य छन्, भनेर बुझ्न अरु केहि गर्नु पर्दैन, त्यस घरका मानिसले प्रयोग गर्ने शौचालय हेरे पुग्छ भने जस्तै जिल्ला समन्वयको गतिविधि आम नागरिकले निगाल्ने भनेको उसले संचालन गरेको वेब साईटबाटै हो । यहाँ हामी त्यहि जिसस धादिङको वेबसाईको कुरा जोड्न चाहान्छौं ।

हामीले यसअघि जेष्ठ ३१ गते पनि जिसस धादिङको वेबसाईटको दुरदशा हेडलाईमा समाचार प्रकाशित गरेका थियौं । त्यसपछि वेव साईटमा निर्वाचित जनप्रतिनीधिहरुको फोटो अपलोड हुने काम भयो तर अहिले पनि आम नागरिकलाई झुक्याउने गरि उक्त साईटबाट गलत सूचना प्रवाह भई रहेको पाईएको छ ।

वेव साईटमा वजेट हेरियो भने आ. व. ०७२-०७३ पछिको देखिँदैन । जिल्लाका स्थानीय तहका जनप्रतिनीधिहरुको विवरण पनि अहिलेको विवरण हैन । पुरानो विवरण दिएर जिससले अहिलेकै जनप्रतिनीधिहरुको विवरण जस्तो गरि गलत सूचना दिई रहेको छ । आलेखहरु हेरियो भलेपनि ०७६ पछि अपडेट छैन ।

यी हुन् धादिङका जन प्रतिनीधिहरुको वास्तविक नामावली र सम्पर्क
संघीय सांसद
१. राजेन्द्र पाण्डे 9851029201
२. रामनाथ अधिकारी 9841432005
३. डीपी अर्याल 9851022875
४. बुद्धिमान तामाङ
५. विना लामा 9851175589
प्रदेश सांसदहरु
शालिकराम जमकट्टेल 9851216816
मदुकुमार श्रेष्ठ 9851024019
गोविन्द लम्साल 9841527306
डम्बर तामाङ
मायाँदेवी शर्मा
शिवराज अधिकारी
१. नीलकण्ठ नगरपालिका
भीमप्रसाद ढुंगाना नगर प्रमुख ९८५१००७१०१
दिपक विश्वकर्मा नगर उप-प्रमुख ९८५१०६६९६४
२. धुनीबेसी नगरपालिका
बालकृष्ण आचार्य 9851044657
सुरज उप्रेती नगर उपप्रमुख 9851101398
३. ज्वालामुखी गाउँपालिका
यामनाथ दनै अध्यक्ष 9855056107
धर्म बहादुर अर्याल उपाध्यक्ष 9851190531
५. नेत्रावती डब्जोङ गाउँपालिका
मेघनाथ रिजाल 9851243825
सिता माया गुरुङ 9841656508
६. रुबीभ्याली गाउँपालिका
रामसिंह तामाङ 9851212168
फेलामा तामाङ 9749464676
७. गंगा जमुना गाउँपालिका
भक्त बहादुर लामा 9841523037
रामेश्वर सिम्खडा 9863841483
८. खनियाबास गाउँपालिका
रण बहादुर तामाङ 9851040756
सेक्केमान तामाङ 9841643573
९. सिद्धलेक गाउँपालिका
परशुराम खतिवडा 9851060756
सबिता अर्याल 9841712466
१०. गजुरी गाउँपालिका
गणेश लाल श्रेष्ठ 9851054165
सर्मिला बिसुराल 9851279584
११. गल्छी गाउँपालिका
केदारनाथ खतिवडा 9841642119
भाईकाजी तिवारी 9849411190
१२. थाँक्रे गाउँपालिका
रामकुमार आचार्य 9851011682
यन्त्र बहादुर थापा 9841295833
१३. बेनीघाट रोराङ
कृष्ण बहादुर थपलिया (बिबेक) 9851169958
टाप बहादुर श्रेष्ठ 9849917275

माओवादी केन्द्रबाट जिसस प्रमुखमा निर्वाचित नवराज अधिकारी र एकीकृत समाजवादीबाट निर्वाचित उप प्रमुख कुलमान विश्वकर्मा सार्वजनिक कार्यक्रमहरुमा खादा लाउन भ्याई नभ्याई भएको देखिन्छ । तर आफ्नै अफिसको वेब साईटको विषयमा अनविज्ञ हुनु पक्कै राम्रो पक्ष हैन ।