
धादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिका स्थित मुलपानी आहालेमा बृद्धा दम्पती श्रीमान् श्रीमतीकै हत्या भएको छ ।
अन्दाजी ७० वर्षिय श्रीमान् विष्णु बहादुर आलेमगर र ६५ वर्षिय श्रीमती निरमायाँ आलेमगर को हत्या भएको घटना स्थलबाट स्थानीयले धादिङपोष्टलाई बताए ।
श्रीमती निरमायाँको शव घर भित्रै रहेको र श्रीमान विष्णु आलेमगरको शव घर बाहिर रहेको घटना स्थलबाट स्थानीयले धादिङपोष्टलाई बताए उनीहरु दुई जना मात्रै घरमा बस्दै आएको र उनीहरुको घ अलि एकान्तमा रहेकोले घटना गएराति या हिजो दिउँसो भएको एकीन नभई सकेको बताईएको छ । घटनाको थप विवरण आउन बाँकी
