मन्त्री जमकट्टेलद्वारा आदमघाट-मनहरि सडक अनुगमन

Avatar photo
Dhadingpost
मंसिर २५, २०७९

धादिङ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले आदमघाट-मनहरि ६२ किलोमिटर कालो पत्रे सडक निर्माणको अनुगमन तथा निरीक्षण गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री जमकट्टेलले बाग्मती प्रदेश भौतिक पुर्वाधार मन्त्रालयका सचिव, महाशाखा प्रमुख, प्राबिधिकलाई समेत बोलाएर अनुगमन गरेका हुन् ।

अनुगमपछि ठेकेदार पक्ष्यलाई स्टमेट अुसार गुणस्तरीय काम तोकिएको समय मै सम्पन्न गर्न समेत मन्त्री जमकट्टेलले निर्देशन दिएका छन् ।