धादिङबेसीमा मंसिर १८ गते राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने

Avatar photo
Dhadingpost
मंसिर १६, २०७९

धादिङ । धादिङबेसी स्थित क्रिक रिसोर्टमा यहि मंसिर १८ गते राष्ट्रिय लोक संगित क्षेत्रका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती धादिङले जनाए अनुसार एक दर्जन भन्दा बढी राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहनेछ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती धादिङको सातौ जिल्ला अधिबेशन उद्घाटन समारोहमा यति धेरै कलाकारहरुको जमघट धादिङबेसीमा हुन गहिरहेको बताईएको छ । अधिवेशनको उद्घाटन समारोहमा कलाकारको प्रस्तुती रहने हुदा कुनै शुल्क नलाग्न समेत दोहोरी गित प्रतिष्ठानले जनाएको छ ।

यी कलाकार आउँदै छन् मंसिर १८ गते धादिङबेसी स्थित क्रिक रिसोर्टमा
१. अम्बर बिरही गुरुङ
२. चन्द्र शर्मा
३. पुरुशोत्तम न्यौपाने
४. प्रजापती पराजुली
५. बद्री पङगेनि
६. रमेश बिजि
७. पशुपति शर्मा,
८. रमेशराज भट्टराई
९,रिता थापा
१०. रधिका हमाल
११. पुर्णकला बिसि
१२. मनमाया वाइबा
१३. कमला घिमिरे
१४. अमृत साप्कोटा
१५. सुमित्रा तामाङ लगायत चर्चित स्थानीय कलाकारहरु