बैंकको चर्को व्याजदरको विरोधमा धादिङबेसीमा प्रर्दशन

Avatar photo
Dhadingpost
कार्तिक २३, २०७९

धादिङ । नेपाल राष्ट्र बैंकले बैंक व्याजदर वृद्धि गरेपछि उद्योगी तथा व्यावसायी आन्दोलित भएका छन् । चर्को ब्याजदर विरुद्ध धादिङका उद्योगी तथा व्यवसायीहरु आन्दोलित भएका हुन् ।धादिङ उद्योग वाणिज्य संघको आयोजनामा धादिङबेसी सदरमुकामको पुछार बजारबाट र्याली सहित जिल्ला प्रशासन पुगेका उद्योगी तथा व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका छन् ।

कर्जाको व्याजदर आकासीने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ जाने विज्ञप्तिमा भनिएको छ । बैंक ब्याजदर वृद्धिका कारण उत्पादन लागतमा वृद्धि भएका साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको जनाएका छन् । उत्पादित सामानको मूल्य आकासीए र आम सर्वसाधारणको जिविकोपार्जन पनि कष्टकर हुँदै गएको विज्ञप्तिमा भनिएको छ ।

ज्ञापन पत्रमा चालूपूँजि ऐन २०७९ तुरुन्त स्थगित गरियोस्, एकल विन्दुमा ब्याजदर सीमित गरियोस्, कर्जा लगानी कम्तीमा एक वर्षपछि मात्रै ऋणिसँगको समझदारीमा ब्याजदर वृद्धि गरियोस् । बैंकले लिदै आएका सेवा शुल्क लगायतका मनोमानि शुल्क हटाईयोस् विगतमा मौद्रिक नीति मार्फत दिईदै आएका छूटहरु कायम गरियोस् भन्ने मागहरु समावेश गरिएको छ ।