
धादिङ । यतिबेला धादिङमा सबै पार्टीका उम्मेदवारहरु चुनावी अभियानका क्रममा छन् । ठुला दलका उम्मेदवारहरु कार्यकर्ता प्रशिक्षणमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को उम्मेदवार बसुमायाँ तामाङले भने घर दैलो अभियान सुरु गरिसकेकी छिन् ।
चुनावको प्रचार प्रसारमा छु, घण्टी चिन्हमा मतदान गर्न अनुरोध गरिरहेको छु, यो पटक पुरानालाई हैन नयाँलाई जनताले जितेउनेमा आफु ढुङ्क रहेको उम्मेदवार बसुमायाँले धादिङपोष्टलाई बताईन् ।
आफू जनतालाई खोक्रो भाषण र झुटा आस्वसन दिन घर दैलो अभियानमा नहिडेको, जनताको आधारभुत समस्या बुझ्ने र घण्टी चुनाव चिन्ह बुझाउने अभियानमा मतदाताको घरदैलो गरि रहेको उनी बताउँछिन् ।





































