
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मीनी घोषण पत्र जारी गर्दै प्रतिगमनको खतरा अझै नटरेको बताएका छन् ।
सत्ता गठबन्धनको संयुक्त अपील जारी गर्दै उनीहरुले अधियानकवादी आक्रमणको खतरा जीवितै रहेको दाबी हुन् । संविधानमाथि प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्यसमेत रहिरहने अपीलमा उल्लेख छ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात गदै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवतै रहेको परिस्थितिमा संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ, अपीलमा भनिएको छ ।
निर्वाचनपछि गठबन्धनले सरकार बनाए जनताको आकांक्षालाई आलटाल र ढिलासुस्ती नगर्ने शीर्ष नेताको दाबी छ । त्यसका लागि गठबन्धन दलहरुका प्राथमिकताहरु प्रष्ट रहेकाले कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवं बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धन, द्रूत औद्योगीकरण, व्यापार घाटाको न्यूनीकरण गर्न आयत प्रतिस्थापन एवं निर्यात प्रवर्द्धन र नेपालको तुलनात्मक लाभ एवं प्रचूर सम्भावना भएका जलविद्युतजस्ता क्षेत्रहरुको विकास नै अहिलेको आवश्यकता रहेको अपीलमा भनिएको छ ।









































