
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेपछि भोली २ बजे सम्ममा प्रष्टिकरण दिन निर्वाचन आयोगले समय दिएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आयोगले प्रस्ट पार्न समय दिइएको हो ।
डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने उनको जन्म मिति ३१ जेठ २००२ लेखिएको छ । जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
