बागमती प्रदेश मुख्यमन्त्री फुटबल कप हुने

Avatar photo
Dhadingpost
अशोज १८, २०७९

धादिङ । प्रथम बागमती प्रदेश मुख्यमन्त्री फुटबल कप–२०७९ प्रतियोगिता चितवनको राप्ती नगरपालिका–१ पिप्लेमा असोज २१ देखि कार्तिक ५ गतेसम्म हुने भएको छ । पिप्ले युवा समाज चितवनले गर्न लागेको बागमती प्रदेश मुख्यमन्त्री फुटबल कप प्रतियोगिताको विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार र प्रत्येक खेलका प्लेयर अफ दि म्याचलाई नगद ५ हजार, उत्कृष्ट गोलकर्ता ५ हजार प्रदान गरिने जनाईएको छ ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले गर्ने भएका छन् । यसअघि मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतियोगिताको उद्घाटन गर्ने तयारी थियो । मुख्यमन्त्री पाण्डे अहिले मातृशोकमा छन् ।